आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


  • 1.8K
    SHARES
    • आश्विन १८, २०८३ आइतबार
    • ४ हप्ता अघि
    • 2.8K Views

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, असोज १८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८१ पैसा र बिक्रीदर १५४ रुपियाँ ४१ पैसा निर्धारण गरिएको छ । 

    images

    युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ०१ पैसा र बिक्रीदर १७३ रुपियाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ १८ पैसा र बिक्रीदर २०३ रुपियाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ६९ पैसा र बिक्रीदर १८६ रुपियाँ ४२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ७२ पैसा र बिक्रीदर १०७ रुपियाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ०४ पैसा र बिक्रीदर १०८ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ २३ पैसा र बिक्रीदर १२० रुपियाँ ६९ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ९४ पैसा र बिक्रीदर २३ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९७ पैसा र बिक्रीदर ४१ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २० पैसा र बिक्रीदर ४२ रुपियाँ ३६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८८ पैसा र बिक्रीदर ४२ रुपियाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ४० पैसा र बिक्रीदर ११ रुपियाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३१ पैसा र बिक्रीदर १५ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १४ पैसा र बिक्रीदर २३ रुपियाँ २४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६० पैसा र बिक्रीदर १९ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ९६ पैसा बिक्रीदर ४०९ रुपियाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपियाँ ०७ पैसा रहेको छ ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।  

     


    तेस्रो आँखा