काठमाडौं, २० चैत्र। सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ। यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधनको न्यूनतम १० प्रतिशतदेखि बढीमा १५ प्रतिशतसम्मले बढाएको हो।
मालबाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो।
यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विगत केही समय अघिदेखि भाडा वृद्धिको माग गर्दै आएका थिए ।
यस्ताे छ मूल्य सूची
