परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट


  • 950
    SHARES
    • आश्विन २७, २०८३ मंगलबार
    • ३ हप्ता अघि
    • 1.5K Views

    परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।

    images

    मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

    यसै वर्ष नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।


    तेस्रो आँखा