काठमाडौँ, असोज २८ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १६ पैसा र बिक्रीदर १५३ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७० रुपियाँ १३ पैसा र बिक्रीदर १७० रुपियाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ४५ पैसा र बिक्रीदर २०२ रुपियाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपियाँ ७३ पैसा र बिक्रीदर १८३ रुपियाँ ४५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ १० पैसा र बिक्रीदर १०६ रुपियाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ७२ पैसा र बिक्रीदर १०७ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ८८ पैसा र बिक्रीदर ११९ रुपियाँ ३४ पैसा तोकिएको छ ।
जापानी येन १ को खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७३ पैसा र बिक्रीदर २२ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५१ पैसा र बिक्रीदर ४० रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४१ रुपियाँ ९१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५३ पैसा र बिक्रीदर चार रुपियाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४३ पैसा र बिक्रीदर ४१ रुपियाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ३६ पैसा र बिक्रीदर ११ रुपियाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २२ पैसा र बिक्रीदर १५ रुपियाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७६ पैसा र बिक्रीदर २२ रुपियाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३९ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपियाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ ८१ पैसा बिक्रीदर ४०४ रुपियाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ २२ पैसा र बिक्रीदर ३९६ रुपियाँ ७७ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ–्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस
