एनपीएलः आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

एनपीएलः आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै


  • 1.4K
    SHARES
    • कार्तिक १२, २०८३ बुधबार
    • ५ दिन अघि
    • 2.2K Views

    एनपीएलः आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली प्रतियोगितामा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

    images

    काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ। सुदूरपश्चिम दोस्रो खेलमा जितको खोजीमा रहँदा पोखरा भने प्रतियोगिताको पहिलो खेलमै जित निकाल्ने योजनामा छ।

    सुदूरपश्चिमले यसअघि खेलेको पहिलो खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो। त्यसैले आजको खेलमा सुदूरपश्चिम जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ। यता पोखरा पनि पहिलो खेलमै जित हासिल गरेर सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ।

     

    यसअघि प्रतियोगितामा भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी सुरुआत गरिसकेका छन्। मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई तथा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए।

    हालसम्मको अंक तालिकामा लुम्बिनी लायन्स पहिलो, कर्णाली याक्स दोस्रो र चितवन राइनोज तेस्रो स्थानमा रहेका छन्।

     
     
     


    तेस्रो आँखा