पशुपति क्षेत्र विकास कोष र बताससँगकाे करार सम्झौता रद्द गरिएको सार्वजनिक सूचना प्रकाशन

पशुपति क्षेत्र विकास कोष र बताससँगकाे करार सम्झौता रद्द गरिएको सार्वजनिक सूचना प्रकाशन


  • 15.4K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 23.8K Views

    पशुपति क्षेत्र विकास कोष र बताससँगकाे करार सम्झौता रद्द गरिएको सार्वजनिक सूचना प्रकाशन

    काठमाडाैं,२१ चैत्र । पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशाला भाडामा दिने करार सम्झौता रद्द गरिएकोबारे सार्वजनिक सूचना निकालेको छ। होटल आनन्द प्रालि, सञ्चालक आनन्द बतास र सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा आज गोरखापत्रमा कोषले धर्मशाला भाडामा दिनेबारे सम्झौता रद्द गरेको सार्वजनिक सूचना निकालेको छ।

    images

    गत माघ २८ मा बसेको कोषको बैठकले ३५ दिनभित्र स्पष्टीकरण दिन भने पनि बतासले स्पष्टीकरण नदिएको कोषको भनाइ छ।पुनस् स्पष्टीकरणका लागि गत फागुन १ मा पत्राचार गरे पनि कोषसमक्ष कुनै स्पष्टीकरण नआएको कोषको भनाइ छ। कोष सञ्चालक परिषदको चैत १४ मा बसेको बैठकले होटल आनन्द प्रालि र कोषका बीचमा भएको सम्झौता चैत १७ गतेबाट रद्द गर्ने निर्णय भएको थियो।

    चैत १७ मै सम्झौता रद्दबारे जानकारी गराएकोमा करार भंगबारेको पत्र बतासले लिन नमानेपछि इमेल ठेगानामा पठाइएको कोषले बताएको छ। सम्झौताअनुसार सर्त पालना नभएको भन्दै कोषले करार सम्झौता रद्द गरेको थियो।


    तेस्रो आँखा
    लेखकबाट थप