सेभियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

सेभियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा


  • 7.9K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    सेभियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

    काठमाडौं, २१ चैत्र । सेभियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । पेड्रीको एक मात्र गोलमा आइतबार घरेलु मैदान क्याम्प नोउमा सेभियालाई एक शून्य गोल अन्तरले ले पराजित गर्दै  बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको हो ।

    images

    ७२औं मिनेटमा पेर्डीले गरेको गोल जाभीको टोलीका लागि तीन अंक जोड्न पर्याप्त बन्यो । बार्सिलाना २९ खेलमा ५७ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो ।जुन एक खेल बढी खेलेको शीर्ष स्थानको रियाल मड्रिड भन्दा १२ अंक कम हो । तेस्रो स्थानको एट्लेटिको मड्रिड र चौथो स्थानको सेभियाको पनि समान ५७ अंक छ ।

    खेलको सुरुआतबाटै सेभियामाथि दबाब बनाएको बार्सिलोना फेरान टोरेस र फ्रायांकी डी जोङको प्रहार बाहिरिएपछि अग्रता लिनबाट चुकेको थियो । त्यस्तै पियरी इमरिक औबामयाङले पनि पाएको अवसरको सदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा एरिक लामेलाको प्रहार बार्सिलोनाका गोलकिपर मार्क अन्द्रे टेर स्टेगनले रोक्दा सेभियाले अग्रताको अवसर गुमायो ।

    सिजनको सुरुआतमा स्वभाविक प्रदर्शन गर्न नसकेको बार्सिलोना पछिल्लो समयमा भने लयमा फर्किएको छ । बार्सिलोना बिहीबार युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका लागि जर्मन बुन्डेसलिगा क्लब इन्ट्याक्ट फ्रयांकफर्टको भ्रमणमा निस्कनेछ । सेभियाले भने शुक्रबार ला लिगामा ग्रनाडालाई आतिथ्य गर्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप