• ट्रेण्डिङ्ग :
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत


  • 599
    SHARES
    • कार्तिक २८, २०८३ शुक्रबार
    • १३ मिनेट अघि
    • 921 Views

    भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत

    धनुषा, कात्तिक २७ गते । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    images

    प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिनुभयो ।

    बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

    मन्त्री साहका अनुसार मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

    प्रदेशसभा बैठक सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसँगै बैठक पुनः सञ्चालन हुने बाटो खुलेको छ । 


    तेस्रो आँखा