काठमाडौँ, कात्तिक २७ गते । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपियाँ र चाँदीको मूल्य १५५ रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपियाँ कायम भएको छ ।
गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपियाँ र चाँदी तीन हजार ८५५ रुपियाँमा कारोबार भएको थियो ।
