• ट्रेण्डिङ्ग :
टस लुम्बिनीले जित्यो, विराटनगर ब्याटिङ गर्दै

टस लुम्बिनीले जित्यो, विराटनगर ब्याटिङ गर्दै


  • 105
    SHARES
    • कार्तिक २९, २०८३ शनिबार
    • ४ घण्टा अघि
    • 161 Views

    टस लुम्बिनीले जित्यो, विराटनगर ब्याटिङ गर्दै

    काठमाडौँ, कात्तिक २८ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीले विराटनगर किङ्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो । 

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि भएको टसमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय लिनुभएको हो ।

    आजको खेल विराटनगरका लागि महत्त्वपूर्ण छ । लुम्बिनीलाई हराउन सके विराटनगरको प्लेअफ सम्भावना कायम रहनेछ भने पराजित भए उसको प्लेअफ यात्रा समाप्त हुनेछ ।

    विराटनगर यो खेल जित्नैपर्ने दबाबमा छ । लुम्बिनीले भने एक खेलअगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । लुम्बिनीले छ खेल खेल्दा चारमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

    लुम्बिनी अहिले अङ्कतालिकाको दोस्रो स्थानमा छ । तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरले छ खेल खेल्दा तीनमा जित र तीनमा हार व्यहोरेको छ ।

    जारी संस्करणमा अहिलेसम्म सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरेका छन् ।

    लिग चरणका खेलहरू सकिएपछि अङ्कतालिकाको शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।


    तेस्रो आँखा