काठमाडौं, २१ चैत्र । दीपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध त्रिकोणात्मक टवान्टी २० शृंखलाको फाइनलमा २१ रन बनाएसँगै दीपेन्द्रले यो सफलता हात पारेका हुन् ।
उनी नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले मलेसियाविरुद्धको पछिल्लो खेलमा अविजित १ सय १० रन बनाएका थिए, जुन नेपाली खेलाडीको ट्वान्टी २० मा उच्च स्कोर पनि हो । दीपेन्द्रको नाममा एक शतक र चार अर्धशतक रहेको छ ।
उनले यसै शृंखलामा पारस खड्काको ७ सय ९९ रनलाई उछिन्दै नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । नेदरल्यान्ड्सविरुद्ध लर्डसमा खेल्दै ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका दीपेन्द्रको यो ३९ औं खेल हो । पारसले ३३ खेलमा बनाएका थिए ।
