गोली लागेर अमेरिकामा ६ जनाको मृत्यु, १२ घाइते

गोली लागेर अमेरिकामा ६ जनाको मृत्यु, १२ घाइते


  • 6.0K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    गोली लागेर अमेरिकामा ६ जनाको मृत्यु, १२ घाइते

    एजेन्सी, २१ चैत्र । अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।

    images

    क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् । सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाई छ ।

    मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाई छ । 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप