कांग्रेस अधिवेशन : गुल्मी मुसिकोटको मतदान स्थगित

कांग्रेस अधिवेशन : गुल्मी मुसिकोटको मतदान स्थगित


  • 6.1K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    कांग्रेस अधिवेशन : गुल्मी मुसिकोटको मतदान स्थगित
     
    गुल्मी, ११ मंसिर । नेपाली कांग्रेस गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ ।
     
    मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उमेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि मतदान प्रक्रिया रोकिएको हो ।
     
    थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । मुसिकोटबाहेक अरु स्थानीय तहको मतदान भने सकिएको छ ।

    उमेदवारहरूबीच सहमति भएपछि मात्रै मतदान सुरू हुने कांग्रेसका निवर्तमान सभापति भुवनप्रसाद श्रेष्टले जानकारी दिनुभयाे । सहमतिको प्रयास भए पनि आजै मतदान हुने सम्भावना कम भएको उहाँकाे भनाइ छ । 

    images

    जिल्ला अधिवेशनमा सभापतिमा खिलध्वज पन्थी र बेदबहादुर थापा मगर, उपाध्यक्षमा शिव केसी, अनन्तराम पौडेल र झविन्द्र विश्वकर्मा, सचिवमा भगतसिंह खड्का, जगदिश भटराई, पृथ पौजदार र पूर्ण केसीले उम्मेदवारी दिएका छन् । सहसचिवमा निरोज मरासिनी, रेशम कुँवर, छवि पाण्डेय र धर्म पाण्डेले उम्मेदवारी दिएको निर्वाचन सहायक अधिवक्ता भिम न्यौपानेले जानकारी दिनुभयाे । 

  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा