काठमाडाैं,२१ चैत्र । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले पहिलो पटक बोनस सेयर प्रस्ताव सहित आफ्नो १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा चैत्र २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ ।
उक्त सभाले कम्पनीको गत माघ ३० गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले ११ चैत्रदेखि बुक क्लोज गरसिकेको छ । यसअनुसार १० चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
