चुनावमा सही जनमत प्रकट हुने वातावरण बनाउन पत्रकारिता क्षेत्रको अहम् भूमिका - महासंघ अध्यक्ष पोख्रेल

चुनावमा सही जनमत प्रकट हुने वातावरण बनाउन पत्रकारिता क्षेत्रको अहम् भूमिका - महासंघ अध्यक्ष पोख्रेल


  • 13.8K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 21.2K Views

    चुनावमा सही जनमत प्रकट हुने वातावरण बनाउन पत्रकारिता क्षेत्रको अहम् भूमिका - महासंघ अध्यक्ष पोख्रेल

     

    images

    दाङ, चैत २१ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले आसन्न स्थानीय निर्वाचनवाट सही जनमत प्रकट हुने वातावरण बनाउन पत्रकारिता क्षेत्रले भूमिका खेल्ने बताएका छन् । उनले निर्वाचनको समयमा सन्तुलित सामग्री पस्केर पत्रकारिताको विश्वसनीयता अभिबृद्धि गर्न पत्रकारहरुलाई आग्रह पनि गरे ।

    नेपाल पत्रकार महासंघको दाङ शाखाको कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष पोख्रेलले निर्वाचनको समयलाई पत्रकारिता क्षेत्रको बिश्वसनीयता अभिबृद्धि गर्ने अवसरको रुपमा लिनुपर्ने भन्दै पत्रकार आचारसंहिताको पालनामा बिशेष ध्यान दिन आग्रह गरे । ‘हरेक संचार संस्था र पत्रकारहरुलाई आचार संहिताको पालना गर्न र समाजप्रति उत्तरदायी बन्न आग्रह गर्दछु’ उनले भने ।

    निर्वाचनमा अत्यधिक मतदाताको सहभागिता सुनिश्चित गर्न तथा प्रभाव र दवाव विना सही जनमत अभिव्यक्त हुने वातावरण निर्माण गर्न पत्रकारिताले भूमिका खेल्नसक्ने उनको जिकिर थियो । ‘बैधानिक रुपमा जनभावता बुझ्ने प्रक्रियालाई निर्भयतापुर्वक सम्पन्न गर्न हामिले पनि योगदान दिनुपर्छ’ उनले, ‘म सबै साथीहरुलाई यो दायित्व निर्वाह गर्नका लागि आग्रह गर्दछु ।’

     


    तेस्रो आँखा