चर्च ब्वाइज ‘बी’ डिभिजनको च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा बढुवा

चर्च ब्वाइज ‘बी’ डिभिजनको च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा बढुवा


  • 10.6K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    चर्च ब्वाइज ‘बी’ डिभिजनको च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा बढुवा

    काठमाडौं, २२ चैत्र। सामाजिक क्लबका रुपमा २०६६ सालमा स्थापना भएको चर्च ब्वाइज युनाइटेड ‘बी’ डिभिजनको च्याम्पियन बन्दै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सी डिभिजन छनोट खेलेको दुई वर्षमै चर्च ब्वाइज ए डिभिजन श्रेणीमा उक्लिएको हो ।

    images

    सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मंगलबार बाँसबारी क्लबलाई पाँच एक गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा चर्च ब्वाइजलाई जित दिलाउन साइमन लिम्बुले ह्याट्रिकसहित चार गोल गरे । खेलको सातौं  मिनेटमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।

    १७ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए। खेलको ३७ औं मिनेटमा साइमनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तीन शून्य को बनाए । खेलको ४१ औं मिनेटमा साइमनले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरेपछि चर्च ब्वाइज चार एक ले अघि रह्यो । ५८ औं मिनेटमा संजय धिमालले  गोल गर्दै बाँसबारीलाई चार एक को स्थितिमा ल्याए ।

    त्यसपछि खेलको ८१ औं मिनेटमा साइमनले पेनाल्टीबाट  व्यक्तिगत चौंथो गोल गर्दै चर्च ब्वाइजलाई पाँच एक को जित दिलाए ।यस जितसँगै शीर्ष स्थानको चर्च ब्वाइजले १२ खेलमा २६ अंक जोडेको छ । र, चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बनेको हो । बाँसबारीले १२ खेलमा १६ अंक जोडेको छ । चर्च ब्वाइज बी लिग खेलेको पहिलो सिजनमै शीर्ष डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइजले २०७७ मा सी डिभिजन लिग खेलेको थियो ।  


    तेस्रो आँखा
    लेखकबाट थप