• ट्रेण्डिङ्ग :
एएफसी कप: मछिन्द्र छनोटको पहिलो चरणबाटै बाहिरियो

एएफसी कप: मछिन्द्र छनोटको पहिलो चरणबाटै बाहिरियो


  • 9.0K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    एएफसी कप: मछिन्द्र छनोटको पहिलो चरणबाटै बाहिरियो

    काठमाडौं, २२ चैत्र। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब एएफसी कप २०२२ छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । मछिन्द्र मंगलबार श्रीलंकन टोली ब्लु स्टार क्लबविरुद्ध घरेलु मैदानमै २–१ ले पराजित भयो ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इसानले ब्लु स्टारलाई अग्रता दिलाए । २८औं मिनेटमा सेनल सन्देशले घरेलु टोलीविरुद्धको अग्रता दोब्बर पारे ।

    इन्जुरी समयमा मनिष डांगीको क्रसमा कप्तान सुजल श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए । मछिन्द्रलाई हराएसँगै ब्लु स्टारले छनोटको दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँगको भेट पक्का गरेको छ ।

  • सम्बन्धित विषय:

  • # एएफसी कप

  • तेस्रो आँखा
    लेखकबाट थप