सिटीद्वारा एट्लेटिको एक शून्यले पराजित

सिटीद्वारा एट्लेटिको एक शून्यले पराजित


  • 8.9K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    सिटीद्वारा एट्लेटिको एक शून्यले पराजित

    काठमाडौं, २३ चैत्र । केभिन डी ब्रुयनाको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले मंगलबार च्याम्पियन्स लिग  क्वार्टफाइनल पहिलो लेगमा स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडलाई एक शून्यले हराएको छ । 

    images

    खेलको २०औं मिनेटमा डी ब्रुयनाले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । सिटीले आगामी साता क्वार्टफाइनल दोस्रो लेगका लागि वान्डा मेट्रोपोलिटियानोको भ्रमण गर्नेछ । पेप ग्वार्डिओलाको टोलीले पछिल्लो तीन सिजन क्वार्टरफाइनलमा स्पेनिस क्लबलाई हराउँदै आएको छ । 

    युरोपियन प्रतियोगिताको नकआउट चरणमा सिटी र म्यानचेस्टर युनाइटेडको सामना गर्ने युभेन्टसपछि एट्लेटिको पहिलो टोली हो । युभेन्टसले सन् १९७६–७७ को युइएफ कपको नकआउट चरण सिटी र युनाइटेडको सामना गरेको थियो ।

    सिटीसँगको हारपछि एट्लेटिकोको ६ खेल देखीको अपराजित यात्राको पनि अन्त्य भएको छ । सिटीले बुधबार एट्लेटिको भ्रमण गर्नुअघि प्रिमियर लिगको शीर्ष स्थानका लागि महत्वपूर्ण मानिएको खेलमा आइतबार दोस्रो स्थानको लिभरपुलको सामना गर्दैछ ।

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • तेस्रो आँखा
    लेखकबाट थप