• ट्रेण्डिङ्ग :
तीन सय रूपैयाँले घट्यो सुनको मूल्य

तीन सय रूपैयाँले घट्यो सुनको मूल्य


  • 6.8K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    तीन सय रूपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं, २३ चैत्र । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएको थियो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार छ । यसको मूल्य मंगबार प्रतितोला रु ९८ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार ३३५ पुगेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ । 


    तेस्रो आँखा