काठमाडौं, २४ चैत्र । करिम बेन्जेमाले च्याम्पियन्स लिगमा लगातार दोस्रो ह्याट्रिक पूरा गर्दा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले बुधबार क्वार्टरफाइनल पहिलो लेगमा इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीमाथि तीन एकको सहज जित निकालेको छ।
बेन्जेमाकै ह्याट्रिकमा रियालले अन्तिम १६ मा पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध पुनरागमन जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको थियो। २१औं मिनेटमा बेन्जेमाको गोलमा रियालले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै बेन्जेमाले रियालको अग्रता दोब्बर पारे।
४०औं मिनेटमा काइ हाभार्टजले बललाई पोस्टको दिशा दिएसँगै चेल्सीले खेलमा फर्कने संकेत गरेको थियो । ४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पूरा गरेसँगै रियाललेसहज जितसहित सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको हो।
