भिल्लारियलसँग बायर्न एक शून्य गाेलले पराजित

भिल्लारियलसँग बायर्न एक शून्य गाेलले पराजित


  • 6.0K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    भिल्लारियलसँग बायर्न  एक शून्य गाेलले पराजित

    काठमाडौं, २४ चैत्र ।  जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा हार बेहोरेको छ । उपाधि दावेदार बायर्न स्पेनिस क्लब भिल्लारियलसँग उसकै मैदानमा एक शून्य गोलले पराजित भएको हो ।

    images

    घरेलु मैदानमा भिल्लारियलको जितमा खेलको शुरुमै एर्नाउट डानजुमाले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको आठौं मिनेटमा ड्यानियल पारेजोको पासमा गोल गरेका थिए ।अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके भिल्लारियल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

    बायर्नलाई सेमिफाइनलमा प्रवेश गर्न घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तीमा दुई शून्यको जितको खाँचो छ । एक शून्यको जितले पनि बायर्नको अघिल्लो चरण पुग्ने सम्भावना जीवित रहन्छ । दोस्रो लेग १२ मार्चमा एलिएन्ज एरिना म्युनिखमा हुनेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप