मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित

मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित


  • 6.9K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित

    काठमाडौं, २४ चैत्र। नेपाली राष्ट्रिय फुटसल टोली बिहीबार मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय भएको छ । आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग तीन एक गोलअन्तरले पराजित भएको हो।

    images

    नेपालले छैटौं मिनेटमै विजय श्रेष्ठले गरेका गोलबाट अग्रता बनाएको थियो। तर, पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा डर्डोइले दुई गोल थप्यो । डर्डोइका लागि दोस्रो गोल एन्डाबिकोध र तेस्रो गोल खेलको सुलिमानुभ ऐदरले गरे ।

    कीर्गिस्तानको पुरानो फुटसल क्लबमध्येको एक डर्डोइले यसअघिको मैत्रीपूर्ण खेलमा ताजकिस्तानलाई हराएको थियो। नेपालले एएफसी फुटसल एसियन कप क्वालिफायर्समा अप्रिल १० मा उज्बेकिस्तान, अप्रिल ११ मा ताजकिस्तान र अप्रिल १२ मा अफगानिस्तानसँग खेल्नेछ।  


    तेस्रो आँखा
    लेखकबाट थप