महिला एकल काताकाे स्वर्ण पदक निर्मला तामाङलाई

महिला एकल काताकाे स्वर्ण पदक निर्मला तामाङलाई


  • 6.4K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    महिला एकल काताकाे स्वर्ण पदक  निर्मला तामाङलाई

    काठमाडौं, २४ चैत्र । नेपाल पुलिस क्लबकी निर्मला तामाङले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला एकल कातामा स्वर्ण पदक जितेकी छिन् । पुरुषतर्फ पनि पुलिसकी महसुस मोक्तानले स्वर्ण पदक जितेका थिए।

    images

    ललितपुरको सातदोबाटोस्थित कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन निर्मलाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी संगिता मगरलाई पराजित गरेकी थिइन् । फाइनलमा निर्मलाले २४.८ अंक र संगिताले २४.६ अंक जोडेकी थिइन्। निर्मला र संगिता दुवै दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम काताका स्वर्ण पदक विजेता टोलीका सदस्य हुन् ।

    एपिएफकी सरिता श्रेष्ठ र प्रदेश नम्बर १ की प्रतीक्षा पाख्रिनले कास्य पदक जितेका छन्। तेस्रो स्थानका लागि भएको खेलमा सरिताले गण्डकी प्रदेशकी विमला नेपालीलाई र प्रतीक्षाले कर्णाली प्रदेशकी एलिसा राजकोटी मगरलाई हराएकी थिइन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ।

    तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग ९सेना, प्रहरी र एपिएफ० का २ सय १० खेलाडीको सहभागिता रहेको छ। महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ। लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन्।


    तेस्रो आँखा
    लेखकबाट थप