• ट्रेण्डिङ्ग :
अनलाइबाटै स्वास्थ्य बीमाको नविकरण गर्न सकिने

अनलाइबाटै स्वास्थ्य बीमाको नविकरण गर्न सकिने


  • 10.7K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    अनलाइबाटै स्वास्थ्य बीमाको नविकरण गर्न सकिने

    काठमाडौं, २५ चैत्र । आजबाट अनलाइबाट स्वास्थ्य बीमाको नविकरण गर्न सकिने भएको छ।

    images

    बीमा सुरु भएको छैटौं वर्ष पुगेको उपलक्ष्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले सुभारम्भ गरेका हुन्।

    पहिलो चरणमा कनेक्ट आईपीएस र खल्तीबाट सो सुविधा लिन सकिने व्यवस्था भएको जनाइएको छ। यसलाई ई सेवा र अन्य डिजिटल वालेटबाट सेवा दिदै जाने स्वास्थ्य बीमा बोर्डले भनाइ छ । 

    वि.सं. २०७२ चैत्र २५ गते देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमको यो सेवा अहिले ७७ वटै जिल्लामा सुरु भएको छ। हाल प्रति परिवार (पाँच जना)ले वार्षिक तीन हजार पाँच सय रुपैयाँ रकम तिर्दा एक लाख रुपैयाँ सम्मको उपचार खर्च लिन सकिन्छ। 
     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य बीमा

  • तेस्रो आँखा
    लेखकबाट थप