• ट्रेण्डिङ्ग :
पाँच सयले बढ्यो सुनको मूल्य

पाँच सयले बढ्यो सुनको मूल्य


  • 12.2K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 18.8K Views

    पाँच सयले बढ्यो सुनको मूल्य

    काठमाडौं, २५ चैत्र । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९९ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । यसको मूल्य बुधबार प्रतितोला रु ९८ हजार ५०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार ३५५ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको छ । 


    तेस्रो आँखा