काठमाडौं, २५ चैत। नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द भएको छ। पशुपति विकास कोषले आज होटलमा ताल्चा लगाएर बन्द गराएको हो ।
होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो ।
होटल सिल गर्न गएको सरकारी टोलीलाई भित्र छिर्न दिइएको थिएन । करिब २ घण्टा बाहिरै रहेको टोलीले बाहरिबाटै होटलमा ताला लगाएको हो । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित समेत गरेको छ ।
