• ट्रेण्डिङ्ग :
नेपाल श्रीलंका जस्तो हुँदैन - अर्थमन्त्री

नेपाल श्रीलंका जस्तो हुँदैन - अर्थमन्त्री


  • 9.6K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    नेपाल श्रीलंका जस्तो हुँदैन - अर्थमन्त्री

    काठमाडौं, २५ चैत्र । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए। 

    images

    'अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ', उनले भने 'कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलङ्का जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन ।'

    नेपाल र श्रीलङ्काबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने उनको भनाइ छ । 'हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायतालगाायत तथ्याङ्क हे¥यौँ भने श्रीलङ्कासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतङ्कित बनाउने काम गरिरहेका छन् त्यसको तपाईं हामी सबै मिलेर खण्डन गर्नुपर्छ', उनले भने । 

    श्रीलङ्कासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासायी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरे ।  “हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायत विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउनका लागि बहस गरौँ”, उनले भने । 


    तेस्रो आँखा