एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग भिडदै

एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग भिडदै


  • 8.0K
    SHARES
    • चैत्र २७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग  भिडदै

    काठमाडौं, २७ चैत्र । नेपाली राष्ट्रिय फुटसल टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेल नेपाली समय अनुसार १०ः४५ बजे सुरु हुने छ। किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा  खेल हुने छ। 

    images

    आजको खेलमा जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । तर, बलियो टोली उज्वेकिस्तानसँग जित निकाल्न नेपाललाई हसज छैन् । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा हात पर्ने बताए । 

    नेपालले उज्वेकिस्तानलाई बराबरीमा रोक्ने योजना बनाएको छ । तर, जित नै निकाल्न सके छनोटमा ऐतिहासिक सफलता प्राप्त हुनेछ । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 


    तेस्रो आँखा