• ट्रेण्डिङ्ग :
नेपाल पुलिस रुपन्देही ११ सँग २९ रनले पराजित

नेपाल पुलिस रुपन्देही ११ सँग २९ रनले पराजित


  • 13.0K
    SHARES
    • चैत्र २७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 20.0K Views

    नेपाल पुलिस रुपन्देही ११ सँग २९ रनले पराजित

    काठमाडौं, २७ चैत्र। अस्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मृतिमा आयोजित नेपाल प्रो क्लब ट्वान्टी २० च्याम्पियनसिपमा आइतबार नेपाल पुलिस क्लबलाई रुपन्देही ११ ले २९ रनले पराजित गरेको छ ।

    images

    भैरहवाको सिदार्थनगरमा सम्पन्न खेलमा रुपन्देही ११ ले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको पुलिस १८.५ ओभरमा ८८ रनमै समेटियो । पुलिसका शंकर रानाले २८, रोशन बुधलले २५ र गुल्सन झाले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पुलिसलाई सस्तोमै समेट्न बसिर अहमेदले तीन विकेट लिँदा विशालविक्रम केसी, अनिल खरेल र कृष्ण कार्कीले समान दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको रुपन्देही ११ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १७ रनको योगफल तयार गरेको थियो ।

    रुपन्देहीका विशालविक्रम केसीले सर्वाधिक २९ रन बनाए । यस्तै, विक्रम भुसालले १९, बसिर हमेदले १७ रन बनाउँदा देव खनाल र तुल थापाले समान १३ रन जोडे । पुलिसका पवन सर्राफले चार विकेट लिए । यस्तै, मन्जित श्रेष्ठ, सागर ढकाल, गुल्सन झा र करण केसीले समान एक विकेट लिए ।