• ट्रेण्डिङ्ग :
अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय


  • 10.3K
    SHARES
    • चैत्र २७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

    काठमाडौं, २७ चैत्र। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।

    images

    आज बसेको संघको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैंकर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आज बसेको बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए । 

    उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार संघले सो निर्णय गरेको हो । संघले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।

    यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत्प्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो ।

    यस्तैगरी, गत सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई बोलाएर गाडी लगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन् ।

     ब्याज नबढाउने सहमति

    आज बसेको संघले बैठकले आगामी वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । बैंकर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले निरन्तरता पाउनेछ ।


    तेस्रो आँखा