म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा

म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा


  • 8.9K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा

    काठमाडौं, २८ चैत्र । इंग्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । सिटीले घरेलु मैदानमा खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।

    images

    सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गर्दा लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गरे । इतिहाद स्टेडियममा आइतबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा नै घरेलु टोलीले अग्रता लिन सफल भएको थियो । कप्तान केभिन डि ब्रुयनले बर्नाडो सिल्भाको पासमा गोल गर्न सफल भएका थिए । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन ।

    १३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जोटाले ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको पासलाई सदुपयोग गरेका थिए । ३६औं मिनेटमा गाब्रियल जेससले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । उनले जोओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफको शुरुमै अर्थात ४६औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

    उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । ६३औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपनि अफसाइड ठहदिा गोलले मान्यता नपाउँदा सिटीले अग्रता लिन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । यो बराबरीसागै दुवै टोलीको उपाधि जित्ने सम्भावना रहेको छ । शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ तथा समान खेलबाटै लिभरपुलको ७३ अंक रहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप