• ट्रेण्डिङ्ग :
 दुई रुपैयाँले घट्यो सुनको मूल्य

 दुई रुपैयाँले घट्यो सुनको मूल्य


  • 9.5K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.6K Views

     दुई रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं, २८ चैत्र। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ। यसको मूल्य आइतबार प्रतितोला रु ९९ हजार ८०० थियो। 

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६५ कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ। 


    तेस्रो आँखा