• ट्रेण्डिङ्ग :
अर्थतन्त्रमा संकट छैन, अनावश्यक हल्ला नगरौँ - अर्थमन्त्री

अर्थतन्त्रमा संकट छैन, अनावश्यक हल्ला नगरौँ - अर्थमन्त्री


  • 6.9K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    अर्थतन्त्रमा संकट छैन, अनावश्यक हल्ला नगरौँ - अर्थमन्त्री

    काठमाडौं, २८ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको बताएका छन् । 

    images

    अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो समस्या देखा नपरेको बताएका हुन् । 

    अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । उनले  व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।  

    अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ। मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए । 

    कानूनसम्मत गभर्नरमाथि छानबिन

    अर्थमन्त्री जनार्दन शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए । 

    छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे । गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।
     
    छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उनको भनाइ छ । निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ । आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरु नेतृत्व प्रदान गरेको उनको भनाइ छ ।


    तेस्रो आँखा