कांग्रेसको घरघर जाऔं, कांग्रेस जिताउ अभियान सफल भयो– डा. महत

कांग्रेसको घरघर जाऔं, कांग्रेस जिताउ अभियान सफल भयो– डा. महत


  • 8.6K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    कांग्रेसको घरघर जाऔं, कांग्रेस जिताउ अभियान सफल भयो– डा. महत

    काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेको घरघर जाऔं, कांग्रेस जिताउ अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। 

    images

    मंगलबार नेपाली कांग्रेसको घरघर जाऔं कांग्रेस जिताउ भन्ने अभियानको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसको योजनाअनुसार कांग्रेसका कमिटीहरु सबै जनताको घर घर टोलटोल पुगे, यस अर्थमा नेपाली कांग्रेसको घरघर जाऔं कांग्रेस जिताउ अभियान सफल रह्यो’ प्रवक्ता महतले भने ‘ नेपाली कांग्रेसले गरेका राम्रा कामहरु जुन ओझेलमा परेका थिए ती कामलाई जनतामा पुर्याउन हामी सफल रह्यौं ।’ नेपाली कांग्रेसले पहिले गरेको राम्रो कामलाई जनतामाझ पुर्याउन सफल भएको उनको दाबी छ । 

    नेपाली कांग्रेसको सुझबुझ पूर्ण निर्णयले कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन सकेको पनि उनले बताए । एमसीसी सहयोग अन्यौल बनेको अवस्थामा त्यसलाई पार गराउन सकेको भन्दै यस कार्यमा सहयोग गर्ने सबै नेता कार्यकर्तालाई उनले धन्यवाद ज्ञापन गरे। गठबन्धनले कहाँ कहाँ कसरी तालमेल गर्यो भन्ने कुरा पनि छिट्टै जानकारी दिने उनको भनाइ । अब एमालेलाई जनताले भोट नहाल्ने उनकाे भनाइ छ। 

    ‘एमालेले मत ल्याएर जनताको विश्वास माथी खेलीसकेको छ’, उनले भने ‘जिम्मेवारी दिएर जनताको विकासको योजनामा तुसारापात गर्नेलाई भोट हाल्ने जनमानसमा मन छैन ।’ जिम्मेवारी पुरा गर्न नसकेर हात उठाएर हिड्नेलाई फेरि भोट हाल्ने मन आमनागरिकको नभएको उनको दाबी छ ।    

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप