राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा

राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा


  • 6.7K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा

    काठमाडौं, २९ चैत्र। चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ। भरतपुरको सारदानगरमा जारी लिगको पहिलो चरणको खेल चलिरहँदा १०० गोल पूरा भएको हो।

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिगको दोस्रो संस्करण चितवन र विराटनगरमा आयोजना गर्ने निर्णय गरेको थियो। दोस्रो चरणका खेलहरु विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुनेछ। पहिलो चरणमा कुल २८ खेल हुनेछन्। जसमध्ये हालसम्म २४ खेल समाप्त भइसकेको छ।

    हालसम्म २४ खेल पुरा हुँदा ११० गोल भएका छन्। लिगको सयौं गोल गर्ने खेलाडी सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबकी मन्जलीकुमारी योञ्जन बनिन्। मन्जलीले धनगढी उपमहानगरपालिकाविरुद्ध २५औं मिनेटमा जारी लिगको सतक गोल गरिन्। यसअघि लिगको पहिलो गोल त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मिकुमारी घिसिङले गरेकी थिइन्। 

    जारी लिगमा ६ खेल खेलेको एपीएफले सतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको पुलिसले तीन जित र एक हारसहित १५ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको आर्मीको समान खेलबाट ४ जित र दुई हारसहित १२ अंक छ। यस्तै, विराटनगर चौथो स्थानमा रहँदा धनगढी पाँचौ स्थानमा छ। तालिकामा चन्द्रपुर छैटौ स्थानमा छ भनेअंकविहीन ललितपुर सातौ र वालिङ स्थानमा छन्।


    तेस्रो आँखा
    लेखकबाट थप