रियल म्याड्रिडले साविक विजेता चेल्सीकाे सामना गर्दै

रियल म्याड्रिडले साविक विजेता चेल्सीकाे सामना गर्दै


  • 5.9K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    रियल म्याड्रिडले साविक विजेता चेल्सीकाे सामना गर्दै

    काठमाडौं, २९ चैत्र । युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल म्याड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ ।

    images

    खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल चेल्सीलाई हराउँदै दुवै लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने दाँउमा हुनेछ । रियलले अवे मैदानमा ३–१ को जित निकालेको थियो । बराबरीको नतिजा नै रियललाई सेमिफाइनलमा पुग्न पर्याप्त रहेपनि रियल स्पष्ट जितसहित अघि बढ्न चहान्छ । चेल्सीविरुद्ध फरवार्ड करिम बेन्जेमा नै मुख्य हतियार हुनेछ । उनकै ह्याट्रिक सहयोगमा रियलले पहिलो लेगमा सहज जित हात पारेको थियो ।

    यता, साविक विजेता चेल्सी पनि घरेलु टोलीमाथि स्तब्धपूर्ण नतिजा निकाल्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ । चेल्सीलाई सेमिफाइनलमा पुग्न स्पष्ट ३–० को जितको खाँचो छ । तर, यो सिजनमा लयमा रहेको टोली रियलविरुद्ध उसकै मैदानमा यो जित निकाल्न कठिन हुनेछ । यस्तै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्दै छ । पहिलो लेगमा १–० गोलले पराजित भएको बायर्न यस खेलमा दबाबमा छ ।


    तेस्रो आँखा
    लेखकबाट थप