नेपाल पुलिसमाथि मलेसिया–११ काे रोमाञ्चक जित

नेपाल पुलिसमाथि मलेसिया–११ काे रोमाञ्चक जित


  • 7.7K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    नेपाल पुलिसमाथि मलेसिया–११ काे रोमाञ्चक जित

    काठमाडौं, २९ चैत्र । मलेसिया–११ ले प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । योसँगै पुलिस ३ खेल जित बिहीन हुँदै समूह चरणबाट बाहिरिएको छ।

    images

    जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १७ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा नाजरिल रहमानले २८ बलमा ५ चौकासहित सर्वाधिक २७ रन बनाए। सैद अजिज १३, शार्विन मुनीआन्दी १८ र मोहम्मद वाफिकले ११ रन बनाए।

    मलेसिया १२.५ ओभरमा ६५.८ को अवस्थामा पुगेको थियो। मुनीआन्दी र जुहदी हजालनले नवौं विकेटका लागि १५ रनको साझेदारी गरे । अन्तिम विकेटका लागि मुनीआन्दीले वाफिकसँग २० रनको अविजित साझेदारी गरेका थिए। १७ औं ओभरमा कप्तान मञ्जित श्रेष्ठले २ चौका र १ छक्कासहित १६ रन खर्चेपछि मलेसियाको जित पक्का बनेको थियो। पुलिसका पवन सरार्फले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल, करण केसी, मञ्जित श्रेष्ठ र गुलशन झाले एक एक विकेट लिए।

    त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङ थालेको पुलिस १९.४ ओभरमा ९९ रनमा अल आउट भयो। पुलिसका प्रेम तामाङले ३१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २८ रनमा अविजित रहे। ओपनर पवन सरार्फले १४ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए। शंकर राना १०, करण केसी ४, दीलिप नाथ शून्य, अर्जुन साउद ४ र सागर ढकालले २४ बलमा १४ रन जोडे। मलेसियाका सैद अजिजले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए। शार्विन मुनीआन्दीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिए।

    समूह ए मा रुपन्देही–११ ले २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। मलेसिया ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ। रुपन्देहीले बुधबार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ। उक्त खेलमा रुपन्देही विजयी भएमा मलेसिया सेमिफाइनलमा पुग्नेछ। समूह बी मा त्रिभुवन आर्मी क्लब २ खेलमा २ मा जित सहित शीर्ष स्थानमा छ। उत्तर प्रदेश क्रिकेट क्लब–११ समान खेल र नतिजाका साथ दोस्रो स्थानमा छ । उत्तर प्रदेश र आर्मी समूह बी बाट समिफाइनलमा पुगेका छन्। एपिएफ ३ खेलमा २ मा हार र १ मा जितसहित समूह बी को तेस्रो स्थानमा रहँदै बाहिरिएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप