काठमाडौं, ३० चैत्र। भियारियालले मंगलबार जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखलाई दुई एक गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।
पहिलो लेगमा बायर्नलाई एक शून्य गोलले हराएको भियारियाले दोस्रो लेगमा एक एकाको बराबरीमा रोकिए पनि अन्तिम चारमा स्थान बनाएको हो । ५२औं मिनेटमा रोबर्ट लेवान्डोवस्कीको गोलमा बायर्नले एक शून्यको अग्रता लियो । यससँगै बायर्नले समग्रमा खेललाई एक एकको बराबरीमा ल्याएको थियो ।
खेल सकिन दुई मिनेट बाँकी रहँदा सामुयल चुक्वेजेको गोलमा भियारियालले खेलमा फर्कदै समग्रमा दुई एक गोलको अग्रतासहित सेमिफाइनलको टिकट काटेको हो । बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरएको यो लगातार दोस्रो पटक हो । गत सिजन पेरिस सेन्ट जर्मन (पिएसजी)सँग पराजित भएसँगै बायर्नको यात्रा अन्तिम आठमा सीमित बनेको थियो ।
