पराजित भए पनि रियाल मड्रिड च्याम्पियन्स  लिगको सेमिफाइनलमा

पराजित भए पनि रियाल मड्रिड च्याम्पियन्स  लिगको सेमिफाइनलमा


  • 6.4K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    पराजित भए पनि रियाल मड्रिड च्याम्पियन्स  लिगको सेमिफाइनलमा

    काठमाडौं, ३० चैत्र । करिम बेन्जेमाले अतिरिक्त समयमा गरेको गोलमा रियाल मड्रिडले साबिक विजेता चेल्सीसँग तीन दुई गोलले पराजित भए पनि च्याम्पियन्स  लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

    images

    मासन माउन्ट, एन्टोनियो रुडिगर र टिमो वेर्नरको गोलमा चेल्सीले ७५ मिनेटसम्म तीन शून्य गोलको अग्रता लिएको थियो । गत साता पहिलो लेगमा तीन एकले  पराजित भएको चेल्सीले यससँगै समग्रमा खेलमा चार तीन को अग्रता लिँदै पुनरागमन जितसहित सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको थियो । 

    तर ८०औं मिनेटमा रोड्रिगोको गोलमा रियालले खेल तीन एक को स्थितीमा ल्यायो । यससँगै समग्रमा चार चारको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । इन्जुरी समयको छैटौ मिनेटमा बेन्जेमाले बललाई पोस्टको दिशा दिएपछि रियालले   गोलअन्तर तीन दई मा ल्यायो । यससँगै रियालले सम्रगमा पाँच चार को जितसहित सेमिफाइनलमा स्थान बनायो ।

    पहिलो लेगमा पनि  रियालको जितमा बेन्जेमाले ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै अन्तिम १६ मा पेरिस सेन्ट जर्मन (पिएसजी)माथि पुनरागमन जित निकाल्दा पनि बेन्जेमा नायक साबित भएका थिए । च्याम्पियन्स लिगको पछिल्लो तीन खेलमा सात गोल गरिसकेका   बेन्जेमाले आफ्नो गोल संख्या १२ पुर्याएका छन् ।

    कार्लोे एन्सेलोट्टीको टोलीले फाइनल प्रवेशका लागि म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिडको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सिटीले पहिलो लेगमा एट्लेटिकोलाई एक शून्य गोल अन्तरले हराएको थियो । स्पेनिस ला लिगाको शीर्ष टोली रियालले आइतबार सेभियाको सामना गर्नेछ भने चेल्सीले एफए कपको सेमिफाइनलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप