नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल हुने

नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल हुने


  • 8.1K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल हुने

    काठमाडौं, ३० चैत्र। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    images

    राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलवार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीले दुई देशबीचको पारस्पारिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासबारे छलफल गरेका थिए ।

    त्यसक्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन गरेको प्रस्तावमा राजदूत गोवी सहमत भएका छन् । दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री गहतराजले राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए ।

    22.PNG


    तेस्रो आँखा
    लेखकबाट थप