काठमाडौं,३० चैत्र । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपानेलाइ नियुक्त गरेको छ । आज बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी यस अघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्यौपानेले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।
उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिन्निछन् ।उनको जिम्मेवारी पछि बैंक व्यवस्थापन तथा सञ्चालनमा नयाँ आयाम थपिने संचालक समितिले जनाएको छ ।
