एजेन्सी, ३० चैत्र । रुसले युक्रेनका १,००० जनाभन्दा बढी मरीन सैनिकहरूले घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा आत्मसमर्पण गरेको दाबी गरेको छ।
समाचारसंस्था रोएटर्सका अनुसार ती सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको आजोम्स्टाल स्टील कारखानाबाट आगोको मुस्लो निस्किरहेको जनाएका छन् ।
रुसी टेलिभिजनले इल्यिच आइरन एन्ड स्टील वर्क्स कारखानामा मरीन सैनिकहरूले आत्मसमर्पण गरेको भन्दै दृश्यहरू प्रसारण गरेको छ। छत्तीसौँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको बताइएको छ।
बीबीसी
