काठमाडौं, २ वैशाख। सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेकाे छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य १४ सय १५ रुपैयाँ प्रतितोला पुगेको छ ।
