एसियन कप छनोटको लागि नेपालले धेरै मेहनत गर्नुपर्छ - अल्मुताइरी

एसियन कप छनोटको लागि नेपालले धेरै मेहनत गर्नुपर्छ - अल्मुताइरी


  • 9.0K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    एसियन कप छनोटको लागि नेपालले धेरै मेहनत गर्नुपर्छ - अल्मुताइरी

    काठमाडौं, २ वैशाख । एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बोलाएका छन् ।

    images

    ती खेलाडीमा किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् । 

    यसैगरी मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई छन् । 

    मुख्य प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटको लागि नेपाललाई धेरै मेहनत आवश्यक रहेको जनाउँदै अहिले छनोट नहुने बताए । उनले आफूहरु निकै कठिन समूहमा र एसियन कप छनोटमा उत्कृष्ट खेल प्रर्दशन गर्न सक्दो प्रयास गर्ने बताए ।  

    छनोटमा नेपाल समूह 'ए' मा छ । नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेलहरु भने कुवेतमा आयोजना हुनेछ ।

    हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ । 

    यसमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोट प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा नेपालले इन्डोनेसियासँग खेल्नेछ । 


    तेस्रो आँखा