• ट्रेण्डिङ्ग :
थप ९ जनामा काेराेना संक्रमण

थप ९ जनामा काेराेना संक्रमण


  • 7.3K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    थप ९ जनामा काेराेना संक्रमण

    काठमाडौं, ३ वैशाख । कोरोना भाइरसको संक्रमण आज नौ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको छ । यसअघि सबभन्दा कम चार जनामा संक्रमण देखिएको थियो ।

    images

    मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४०० जना रहेका छन् । पछिल्लो समय ४४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ । निको हुने दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमणबाट कसैको पनि निधन भएको छैन ।

    शून्य संक्रमति भएको १७ जिल्ला पुगेका छन् । मन्त्रालयकाअनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् । 
    हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आइसीयूमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन् ।


    तेस्रो आँखा