काठमाडौं, ५ बैशाख । नेइमार र केलियन एमबाप्पेको समान एक एक गोलमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले आइतबार फ्रेन्च लिग वानमा मार्सेलीलाई दुई एक गोल अन्तरले पराजित गरेको छ।
३२ खेलबाट ७४ अंक बटुलेको पिएसजीले दोस्रो स्थानको मार्सलीमाथि १५ अंकको अग्रता लिएको छ। १२औं मिनेटमा नेइमारको गोलमा पिएसजीले अग्रता लिएको थियो। ३१औं मिनेटमा कालेटाकारले मार्सेलीलाई खेलमा फर्काएका थिए। इन्जुरी समयको पाँचौ मिनेटमा एमबाप्पेले पेनाल्टीको सदुपयोग गर्दा पिएसजीले दुई एक गोलको अग्रता लिएको थियो।
पिएसजीको लिग वानमा यो लगातार तेस्रो जित हो। यसअघि माउरिसियो पोचेटिनोको टोलीले लिग वानको उपाधि सम्भावना बलियो पार्ने क्रममा पछिल्लो दुई खेलमा क्रमशः पाँच एक र छ एकको जित निकालेको थियो।
