क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा


  • 6.0K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

    काठमाडौं, ५ बैशाख । रुबेन लोफ्टस चेक र मेसन माउन्टले दोस्रो हाफमा गरेको गोल मद्दतमा चेल्सीले आइतबार क्रिस्टल प्यालेसलाई दुई शून्य गोल अन्तरले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ । थोमस टचेलको टोली एफए कपको फाइनलमा प्रवेश गरेको यो लगातार तेस्रो पटक हो ।

    images

    पछिल्लो पाँच सिजनमा चेल्सी चार पटक एफए कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा चेल्सीले लिभरपुलको सामना गर्नेछ । लिभरपुल शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई तीन दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । ६५औं मिनेटमा रुबेनले चेल्सीका लागि गोल खाता खोलेका थिए ।

    त्यसको ११ मिनेटपछि माउन्टले चेल्सीको अग्रता दोब्बर पारेका थिए । यस सिजन चेल्सी र लिभरपुल उपाधिका लागि भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि इङ्लिस लिग कपको फाइनलमा चेल्सीले लिभरपुललाई पेनाल्टी सुटआउटमा एघार दश को नतिजा सुम्पिएको थियो । फाइनल खेल मे १४ मा हुनेछ । चेल्सीले प्रिमियर लिगमा बुधबार आर्सनलको सामना गर्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप