काठमाडौं, ५ वैशाख । आज सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले बढ्दै आज एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
