• ट्रेण्डिङ्ग :
सुनकाे मूल्य ताेलामा ४०० ले घट्यो

सुनकाे मूल्य ताेलामा ४०० ले घट्यो


  • 8.4K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    सुनकाे मूल्य ताेलामा ४०० ले घट्यो

    काठमाडौं, ६ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ ।

    images

    अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो । 

    त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै  स्थिर रही प्रतितोला रु एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ । 


    तेस्रो आँखा