काठमाडौं, ६ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘बी’ डिभजन क्लब नयाँबस्ती युथ क्लवलाई तीन लाख जरिवानासँगै खेलाडी र अफिसियललाई प्रतिबन्ध को निर्णय सुनाएको छ ।
एन्फा लिग कमिटिले १८ अप्रिल २०२२ मा एन्फा मुख्यालय सातदोबाटोमा बसेको बैठकबाट नयाँबस्तीलाई ३ लाख जरिवानासँगै क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध सुनाएको निर्णय सुनाएको हो । अफिशियल श्री बहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनैपनि फुटबल गतिबिधिमा भाग लिन नपाउने गरि निलम्बन गरेको छ । यस्तै एन्फाले क्लवका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध सुनाएको छ ।
शहिद स्मारक बी डिभिजन लिग अन्तरगत ९ अप्रिलमा भएको खेलमा नयाँ बस्ती मध्यपुर युथ एसोसिएसनसँगको खेलमा ३–१ ले पराजित भएपछि अभद्र व्यवहारका कारण एन्फाले कारवाही गरेको हो । मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । नयाँ बस्ती ११औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

